मधेस : मोटरसाइकल लिएर भाग्दै गरेका यी चोर पक्राउ


टुडेखोज, वीरगञ्ज । पर्सा प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ का २० वर्षीय ईरफान देवान रहेका छन् । ना १६ प ६५९५ को यामाहा मोटरसाइकलमा सवार आरोपित ईरफानले उक्त मोटरसाइकल चोरेर ल्याएका थिए ।

प्रहरी चौकी सिर्सियाको टोलीले शंका लागि शोधपुछ गर्ने क्रममा उक्त मोटरसाइकलसहित चोर ईरफानलाई पक्राउ परिएको छ । उनले वीरगञ्ज महानगरपालिका १९ निवासी अनिल साहले आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको अवस्थामा लक तोडेर चोरी गरेका थिए ।

मोटरसाइकल लिएर भाग्दै गरेको अवस्थामा भेटिएको थप अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

प्रकाशित : २०७८ फाल्गुन ८, आईतवार १९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ