मधेस : काँग्रेसको आग्रहमा प्रदेशसभा बैठक स्थगित गरियो


जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयण सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो । तर अन्तिम समयमा आएर बैठक स्थगित गरिएको सूचना प्रदेशसभा सचिवालयले निकालेको छ ।

स्रोतका अनुसार मधेसमा नेपाली काँग्रेसको जिल्ला अधिवेशन १५ गते हुने भएकाले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरिएको थियो । त्यसैले बैठक स्थगित गरिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १०, मंगलवार ११:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ