लोकगायक जयनन्दको निधन


टुडेखोज, काठमाडौं । लोकगायक जयनन्द लामाको निधन भएको छ ।

‘हल्का रमाइलो’ टेलिश्रृंखलामा सँगै काम गरेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे)ले लामाको निधन भएको बताएका छन् ।

वि.सं. २०१३ सालमा सिन्धुपाल्चोक बाह्रविसेमा जन्मिएका लामाले लामो समय लोक गीतसंगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए ।

उनले गाएका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, सलल पानी, हेर्दामा राम्रो, सुर्तिको ठुटो, मुलाको चानालगायत थुप्रै लोकगीत लोकप्रिय छन् ।

गायनसँगै उनी अभिनयमा पनि सक्रिय थिए । उनले दर्जनौं चलचित्रमा अभिनय गरेका थिए ।

प्रकाशित : २०७८ फाल्गुन ११, बुधबार ०९:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ