जनकपुरकी छोरी पार्वती भइन् प्रशासन सेवाका सहसचिव


जनकपुरधाम । नेपाल प्रशासन सेवाको सहसचिवमा जनकपुरकी छोरी पार्वती शर्मा सिफारिस भएकी छन् ।

लोकसेवा आयोगले शुक्रबार सिफारिस गरेका १० सहसचिवमा उनी दोस्रो नम्बरमा परेकी हुन् । सहसचिव बनेपछि उनी एकाएक चर्चामा आएकी छन् ।

२०६६ सालमा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी शर्मा निकै प्रतिभाशाली, प्रखर र ऊर्जावान् कर्मचारीकी रूपमा आफ्नो छवि बनाएकी छिन् ।

सहसचिवमा सिफरिस भएपछि उनले देशप्रतिको जिम्मेवारी थपिएको बताएकी छन् । उनी ईमानदारिता पूर्वक सेवाग्राहीलाई सेवा प्रवाह गर्ने पनि बताइन् ।

उनले आफ्नो सफलताको श्रेय बुवाआमा, छोरीहरू, श्रीमान् र सदैव पढ्न प्रेरित गर्ने प्रकाश दाहाल र दुःखसुखकी साथी बबिता र मिश्रलगायतलाई दिएकी छिन् ।

प्रकाशित : २०७८ फाल्गुन १४, शनिबार १२:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ