रुसी सैनिक ट्याङ्कले गुडिरहेको युक्रेनी कारलाई किचेर हिडेपछि…


युक्रेनको राजधानी किभको सडकमा रुसी ट्याङ्कले गुडिरहेको कारलाई किचेको भिडियो सार्वजनिक भएको छ ।

किभका स्थानीयवासीले खिचेको भिडियोमा गुडिरहेको कारमाथि रुसी सैनिकको ट्याङ्कले किचेको देखिन्छ । कार चलाउने व्यक्ति भने बाँचेका छन् ।

कारमा फसेका व्यक्तिलाई निकाल्ने प्रयास गरिरहेको पनि भिडियोमा देखिएको छ । युक्रेनमा अहिले रुसी सैनिक प्रवेश गरेका छन् ।

राजधानी किभसहित विभिन्न स्थानमा रुसी र युक्रेनी सैनिकबीच लडाईँ जारी छ ।

प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार ०५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ