पशुपति क्षेत्रका भित्तामा शिवरात्रि झल्काउने चित्र कोरेपछि…


काठमाडौं । महाशिवरात्रिकाे पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्रका भित्तामा शिवरात्रि झल्काउने चित्रहरु बनाइएकाे छ ।

करिब एक महिनादेखि पशुपतिनाथ क्षेत्रका भित्तामा शिव,पार्वती, गणेश, हनुमान, पशुपतिनाथ, गाई र त्रिशुलका चित्र बनाइएकाे पशुपति क्षेत्र विकास काेषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

उनका अनुसार शिवरात्रिकाे महिमा चित्रकलामार्फत पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीसम्म पुर्‍याउने उद्देश्यले चित्रकला बनाइएको हो ।

उनले भने, ‘पशुपति क्षेत्र विकास काेषले यस वर्षदेखि नै पशुपतिनाथ क्षेत्रका भित्तामा शिवरात्रि, शिवकाे महिमा झल्काउने चित्रकला बनाउन थालेकाे छ ।’

प्रवक्ता अधिकारीका अनुसार कोषले पशुपतिनाथमा रङ्गराेगन, पेन्टिङलगायत गरेर करिब ३५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

काठमाडौं, बुटबल, नेपालगञ्ज र सिन्धुपाल्चाेकका कलाकारले पशुपतिनाथ क्षेत्रका संरचनाका भित्ता पर्खालमा चित्रकला बनाइरहेका छन् । चित्रकलाकाे नेतृत्व अग्निप्रसाद पाैडेलले गरेका छन् ।

पौडेललाई कमल श्रेष्ठ, पासाङ विक्रम लामा, देवी तिमिल्सेना, रुद्र बस्नेत, नरबहादुर विक, राजिव महर्जन र मेघराज राईसहित ८ जनाकाे टिमले उनलाई सघाएको छ ।

फागुन ३ गते सुरु भएको चित्ररकला बनाउने काम शनिबार सकिएको काेषका प्रवक्ता अधिकारीले बताए । शिवरात्रि यस वर्ष फागुन १७ गते परेको छ ।

प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार ०६:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ