बानेश्वरमा खुँडा लिएर पुगे प्रदर्शनकारी, स्थिति तनावग्रस्त


काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरुद्धमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आइतबार झडप भएको छ ।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । स्थिति तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् । प्रदर्शनकारी खुँडा समेत बोकेर विरोधमा उत्रिएका छन् । सो क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ । – बाह्रखरी

प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार १४:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ