नेपालको हितमा रहेको MCC लाई स्वागत छ : महन्थ ठाकुर


काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राम्रो उद्देश्य र लक्ष्य लिएर आएकाले एमसीसीको विरोध आवश्यक नरहेको बताएका छन् ।

संसदमा एमसीसीमाथिको छलफलमा बोल्दै ठाकुरले एमसीसीमार्फत सञ्चालन हुने आयोजनाले नेपालको विद्युत्, सडक लगायतका पूर्वाधारमा ठूलो फाइदा हुने बताए । उनले एमसीसीलाई नेपालमा स्वागत समेत गरे ।

नेपालले विभिन्न सर्त र प्रक्रिया पूरा गरेर लिने एमसीसीको सहायता विशुद्ध नेपालको विकासमा मात्रै केन्द्रित रहेको ठाकुरको भनाइ छ ।

अमेरिकाले अहिलेसम्म नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार आदिमा सहयोग गरिरहेको र अहिले पनि अमेरिकाले जबरजस्ती यो सहायता नदिएको भन्दै अध्यक्ष ठाकुरले जथाभाबी विरोध गर्न नहुने पनि बताए ।

प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार १६:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ