Big News- पल शाह विरुद्ध नवलपुरमा अर्को जाहेरी दर्ता !


टुडेखोज, काठमाडौं । अभिनेता पल शाहविरुद्ध एक गायिकाले बला”त्कार सम्बन्धी अर्को जाहेरी परेको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार शाहविरुद्ध अर्को जाहेरी दर्ताको प्रक्रिया अघि बढेकोफ हो । उनीविरुद्ध पीडित १७ वर्षीया गायिकाको परिवारले नवलपुर जिल्लास्थित इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दिएका हुन् ।

जाहेरी दर्ताको प्रक्रियामा रहेको छ । २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बला”त्कार गरेको उजुरीमा उल्लेख छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा ति गायिकाले नै जव”र्जस्ती कर”णी गरेको भन्दै अभिनेता शाहविरुद्ध जाहेरी दर्ता गराएकी थिइन् ।

सो मुद्दामा तनहुँ पुगेर गिरफ्तार भएका अभिनेता शाहलाई जिल्ला अदालतले अनुसन्धान गर्न प्रहरीलाई सात दिनको म्याद थपेको छ ।

प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ