Big News- रौतहटमा मेयर पटेल घुस रकमसहित पक्राउ


रौतहट । देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलिले दुई लाख पचास हजार नगद तथा दुई लाख पचास हजारको चेकसहित अख्तियारको टोलिले मेयर कक्षबाटै रङ्गे हात पक्राउ गरेको श्रोतले जनाएको छ ।

मेयर पटेल सहित योजना, लेखापाल र मेयरका पिएसहित अदुवाको टोलिले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको स्रोतको भनाइ छ। देवाही नगरपालिका को वरिपरि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ नगरपालिका भित्र टोलीले सोधपुछ गरिरहेको बुझिएको छ ।

थप बिवरण आउन बाँकी छ ।

प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार १८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ