MCC को व्याख्यात्मक घोषणाले जनताको आवाज सम्वोधन भयो : मात्रिका यादव


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले एमसीसीको व्याख्यात्मक घोषणाले जनताको माग सम्वोधन भएको बताएका छन् ।

व्याख्यात्मक घोषणा पनि एमसीसीको अंग हुने र यसलाई अमेरिकाले स्वीकार्नुपर्ने उनको भनाइ छ ।यादवले संसदमा बोल्दै भने, ‘कतिपयले भनिरहेका छन्, माओवादीले सडकमा ढुंगा हान्न लगायो, अनि संसदबाट पारित गर्यो । तर, यदि यस्तो आन्दोलन नगरेको भए आज यो व्याख्यात्मक घोषणा आउने थिएन । जनताको माग सम्वोधन भएको छ ।’

लाज ढाक्ने धोतिका रुपमा व्याख्यात्मक घोषणा ल्याइएको टिप्पणी भइरहेको भन्दै उनले थपे, ‘हामी मधेसमा त लाज ढाक्न धोति नै लगाउँछौं । कसैलाई नांगै हिँड्नु छ भने केही छैन ।’

संसदबाट पारित भएको एमसीसी लागू हुने तर व्याख्यात्मक घोषणा लागू नहुने तर्क सही नरहेको उनको टिप्पणी छ ।

प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार २०:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ