जनकपुरमा खेल्दा खेल्दै ३ वर्षीय बालक गायब ! प्रहरीले खोजे


जनकपुरधाम । जनकपुरधामबाट हराएका धनुषाको कमला नगरपालिका ८ का ३ वर्षीय बालक जनकपुरधाममै फेला परेका छन् ।

कमला नगरपालिका ८ का लालु मरिकका छोरा आर्यन यादव जनकपुरधाम उपमहानगरपालिका २ स्थित घर अगाडी खेल्न गएका बेला हराएका थिए । प्रहरीका अनुसार फुफाजुको घर अगाडी खेल्न गएको अवस्थामा बालक हराएको थियो ।

विहान करिब १० बजे हराए लगत्तै बालकका आफन्तले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले खोजतलास गर्ने क्रममा बालक आर्यनलाई जनकपुरधाम १ शहिद चौकबाट सकुशल फेला पारेको जनाएको छ ।

बालक फेला परेपछि उनका फुफाजू शिव कुमार यादवको जिम्मा लगाई पठाईएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १६, सोमबार ०६:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ