मारुती सिमेन्ट : फलामे पाइप टाउकोमा लागेर ईन्जिनियरको मृत्यु


टुडेखोज, सिरहा । सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक ईन्जिनियरको मृत्यु भएको छ ।

उद्योगमा प्रोजेक्ट साईडको एसआरएम ईन्जिनियरको रुपमा कार्यरत वेल्डर सरुवारानी गापा ६ प्यूठान का २८ वर्षिय बेच बहादुर पुण मगरको मृत्यू भएको हो । काम गरिरहेको अबस्थामा फलामे पाइपले टाउकोमा लागेर मृत्यु भएको हो ।

काम गरिरहेको अवस्थामा चेनपुल्लिले माथि तानिरहेको फलामे पाइप झरेर टाउकोमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ । उद्योगले कामदारहरुलाई अपनाउनु पर्ने आवश्यक सुरक्षा प्रवन्ध नमिलाएकाले यस्तो घटना भएको मजदुरहरुको आरोप छ ।

उद्योगले त्यहाँ काम गर्ने मजदुरहरुलाई सामान्य हेलमेटको समेत व्यवस्था गर्न नसकेको बताइएको छ ।मृतक मगरका श्रीमती रिना पुन मगरले घटनाको उचित छानविनको माँग सहित प्रहरीमा उजुरी गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले भने, ‘काम गर्ने क्रममा लडेर मृत्यु भएको जानकारी पाएको छु । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’

प्रकाशित : २०७८ फाल्गुन १६, सोमबार ०७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ