साउदीमै अस्ताए लहरी चालक भिमलाल ! संकटमा छोरा-छोरी


नवलपुर । पूर्वी नवलपरासीको कावासोती ८ का ४० वर्षीय भीमलाल परियार तीन महिनाको छुट्टी सकेर गत कार्तिकमा साउदीअरब गए । त्यहाँ पुगेको एक महिनामै सुतिरहेको बेला उनको निधन भयो । निधनको कारण खुल्न सकेका छैन ।

घर परिवार राम्रै चलेको थियो । लहरीमा चालक थिए आम्दानी पनि राम्रै थियो । गाउँघरमा दुखसुख पर्दा सरसापट दिने र सरसापट सजिलै पाउने भएका थिए । सानो घर बनाएका थिए ।

अब अन्तिम पटक गएर अब गएको पैसाले एउटा हाइस किनेर नेपालमै आफै मालिक भएर काम गर्ने अन्तिम इच्छा बोकेर पहिला नै काम गरेको कम्पनीमा फेरि साउदी गएका थिए । तर उनको सपना, सपनै रह्यो ।

३ महिनाको घर छुट्टी सकेर उनी तेस्रो पटक साउदी फर्किका थिए । यस पटकको कमाईले हाइस किन्ने र नेपालमै आफ्नै हाइसमा चालक भएर हिड्ने । उनको सपना पुरा हुन कम्तिमा दुई बर्ष विदेशी भूमिमा श्रम गर्नु थियो । उनको यो अन्तिम इच्छा भने विदेशी भूमिले पुरा गर्न सकेन ।

नेपालबाट साउदी गएको करिब एक महिनामा अर्थात गएको मंसिर ४ गते उनको सुुतिरहेको अवस्थामा निधन भयो । कारण नखुलेपनि हृ’दय’घात भएको आशंका गरिएको छ । उनको श’व एक महिनापछि नेपाल आएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १६, सोमबार ०९:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ