वीरेन्द्रनगरमा बबाल : १८ प्रहरी घाइते, २३ प्रर्दशनकारी पक्राउ


सुर्खेत । एमसीसीको विरोधमा प्रदर्शनकारी तोड फोड र आग जनी गर्न थालेपछि लगाइएको कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन् ।

प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा इन्सपेक्टरसहित १८ प्रहरी घाइते भएका छन् । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् ।

ढुंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनार पनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार घाइते प्रहरीमध्ये नौ जनालाई उपचारको लागि अस्पताल लगिएको छ, भने बाँकी नौ जना सामान्य घाइते छन् ।

दुईजना सर्वसाधारणसमेत घाइते भएका छन् । प्रदर्शनका कारण सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु आदेश जारी गरेको हो ।

हिजो राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी भएको हो । हिजो बन्दकर्ताले बेलुका सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा आग जनी र तोड फोड गरेका थिए ।

एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आ-गो लगाएका थिए ।

प्रकाशित : २०७८ फाल्गुन १७, मंगलवार १२:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ