जसपाले डाक्यो संघीय परिषद् बैठक


काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी ९जसपा० को संघीय परिषद् बैठक फागुन २८ गते बस्ने भएको छ।

संघीय परिषद् बैठकपछि पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठकसमेत बोलाइएको छ।

फागुन २९ र ३० गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा संसदबाट भएको एमसिसी अनुमोदनको समीक्षा, स्थानीय चुनाव, सामूहिक नेतृत्व प्रणालीलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १७, मंगलवार १३:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ