महाशिवरात्रीको अवसरमा अशक्तलाई सम्मान


राजविराज । महाशिवरात्रिको अवसरमा राष्ट्रिय एकता अभियानले अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरको छ ।

अभियान संग आबद्ध युवाहरुले राजविराजमा रहेको हरि नन्देश्वर महादेब मन्दिरको प्राङ्गनमा मंगलबार एक कार्यक्रमको आयोजना गरी अशक्त , अपाङ्गता भएको व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

मन्दीर परिसरमा आउने असक्तहरुलाई मनोवल उच्च पार्न सम्मान स्वरुप दोसल्ला ओढाएर सम्ममान गरिएको अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साहले बताईन् ।

कार्यक्रमामा केन्द्रीय उपाध्यक्ष साहले अशक्तहरुलाई समाजमा सम्मान बढाउन आफुहरुको संस्था सदैब अगाडी रहने बताए । उनले धार्मिक क्षेत्रमा पनि सबैको पहूच हुनुपर्ने आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा धर्मिक क्षेत्र संग आवद्ध रहेका विभिन्न संघ संस्थाका प्रतिनिधी तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ फाल्गुन १७, मंगलवार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ