पशुपतिनाथ आडैको पुलको पर्खाल भत्किँदा २ भक्तजन घाइते


काठमाडौं । महाशिवरात्रिको साँझ पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जाँदा बागमती नदीमाथि बनाइएको पक्की पुलको पर्खाल भत्किँदा दुईजना भक्तजन घाइते भएका छन् ।

पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जान बागमती नदीमाथि बनाइएको पुराना दुई पुलमध्ये पुल नम्बर १ को छेउको पर्खाल मंगलबार साँझ भत्किँदा भक्तजनहरुको बिचल्ली भएको थियो ।

त्यसबेला पुलमा धेरै मानिस भए पनि दुईजना बागमती नदीमा खसेर घाइते भएका छन् । घाइते दुबै जनाको उपचार गराइएको बताइएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १८, बुधबार ०६:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ