जनकपुर साहित्य महोत्सव भोलिदेखि


जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण बिहीबारदेखि सुरु हुने भएको छ ।

मिथिला फाउन्डेसन नेपालको आयोजनामा तीन दिवसीय ‘नबिल बैंक जनकपुर साहित्य महोत्सव २०२२’ हुन लागेको हो ।

मधेस र मधेसको संस्कार, संस्कृतिलाई देशभरि फैलाउने उद्देश्यले महोत्सव हुन लागेको कार्यक्रमकी संयोजक प्रियंका झाले जानकारी दिइन् ।

महोत्सवमा स्थानीय संस्कृति र राजनीतिक विषयमाथि बहस हुने उनको भनाइ छ । यस वर्ष महोत्सवमा १२ वटा सत्र समावेश गरिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १८, बुधबार १३:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ