लोसपा वीरगञ्ज अध्यक्षमा सर्राफ र जनकपुरधाम अध्यक्षमा चौधरी मनोनीत


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेशको दुई ठूलो स्थानीय तहमा अध्यक्ष मनोनीत गरेको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले वीरगञ्ज महानगरपालिका अध्यक्षमा ओमप्रकाश सर्राफ र जकपुरधाम उप-महानगरपालिकाका अध्यक्षमा मनोज चौधरीलाई मनोनीत गरेका हुन् ।

देश, मधेश एवं पार्टीको हितमा दुवैजनाको कार्यकाल उपलब्धिमुलक हुने विश्वासका साथ अध्यक्ष ठाकुरले शुभकामना दिएका छन् ।

जनकपुरधामका अध्यक्षमा मनोनीत चौधरी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य थिए । उनी जनकपुरधाम बस व्यावसायी संघका अध्यक्ष पनि हुन् ।

प्रकाशित : २०७८ फाल्गुन १९, बिहीबार १८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ