महोत्तरीको मटिहानीमा आइतबार सार्वजनिक विदा


टुडेखोज, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकामा आइतवार सार्वजनिक बिदा दिइएको छ ।

मिथिला माध्यमा परिक्रमा यात्रीहरुको स्वागतका लागि मटिहानी नगरपालिकाले सार्वजनिक विदा दिएको हो । प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार शर्माले सार्वजनिक विदा दिइएको पुष्टि गरे ।

उनका अनुसार आइतबार नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछ ।

प्रकाशित : २०७८ फाल्गुन २१, शनिबार २०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ