मधेस : दुई परिवारबीच झडप, ५ जना घाइते


वीरगञ्ज । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा दुई परिवारबीच भएको झडपमा पाँच जना घाइते भएका छन् ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ नवकाटोलामा दुई परिवारका सदस्यबीच जग्गाको विषयमा भएको विवादका कारण झडप भएको हो । झडपमा एक महिलासहित ५ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा जयराम यादव, धर्मेन्द्र यादव, दिलवा देवी र मेराज यादव र मनोज सिंह रहेका छन् । सिंह र यादव परिवारका बीच लामो समयदेखि जग्गाको विषयमा विवाद चल्दै आएको थियो।

घाइतेहरुको उपचार स्थानीय अस्पतालमा सम्भव नभएपछि सिटी स्क्यानका लागि वीरगञ्ज पठाईएको छ । प्रहरीले सिंह परिवारका २ जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २२, आईतवार १६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ