मधेस: पुल नजिकै भेटियो पुरुषको शव


जनकपुरधाम । सर्लाहीमा बेवारिसे शव फेला परेको छ ।

आइतबार मध्याह्न पूर्व-पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ रानीगन्जस्थित कालिन्जोर पुलनजिक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

राजमार्ग छेउमा फेला परेको शवको सनाखत हुन सकेको छैन । मृतक पहाडी मूलको रहेको र पहिचान खुलाउने प्रयास भइरहेको जनाइएको छ।

मृतकको टाउको र घाँटीमा चोट रहेकाले घटना शंकास्पद रहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २२, आईतवार १७:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ