विश्वकैै सर्वाधिक धनी एलन मस्कले गरे युक्रेनको खुलेरै समर्थन


न्युयोर्क । विश्वका सर्वाधिक धनी अर्बपति एलन मस्क आफ्ना आलोचक र प्रशंसकहरूमाझ अन्य प्रमुख कार्यकारिणी अधिकारी (सीईओ)हरू भन्दा पृथक रूपमा चिनिन्छन् ।

कसैले टेस्ला र स्पेस एक्सका मालिक उनलाई सन्काहा पाराको र अनियन्त्रित तथा उनको स्वभाव अनुमान नै गर्न नसकिने भन्दै भय प्रकट गर्छन् । तर, केहीले उनलाई कसैले सोचेजस्तो कहिल्यै पाउने सक्तैनन् भन्दै प्रशंसा गर्छन् ।

युक्रेनमा रुसले आक्र मण गरेको विषयलाई लिएर बाहिरिएको उनको अभिव्यक्तिले उनी साँच्चै अन्य सीईओ भन्दा फरक रहेको प्रमाणित गरेको छ । विश्वका थुप्रै चर्चित व्यापारिक कम्पनीहरूले रुसमा आफ्ना गतिविधि र सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् । तर, ती कम्पनीका कुनै पनि नेतृत्वले रुसी यु द्धलाई लिएर निजी विचार व्यक्त गरेका छैनन् ।

प्रायले अमेरिका, युरोपेली संघ र तिनीहरूका गठबन्धनले रुसविरुद्ध नाकाबन्दी घोषणा गरेकाले आफूहरूले रुसमा गतिविधि रोक्नुको विकल्प नै नभएको बताउने गरेका छन् । उनीहरूले सामाजिक विषयहरूमा तटस्थ रहन्छन् ।

तर, विवादास्पद व्यापारी मस्कले भने ट्विटरमार्फत युक्रेनको पक्षमा खुलेर अभिव्यक्ति दिएका छन् । उनले टेस्लाको ९टीएसएलए०–गेट टेस्ला इन्क रिपोर्टमा ुशक्तिशाली बनेर टिकीरहनू युक्रेनु लेखेका छन् । यस सन्देशका दाँया र बाँयामा उनले तीनवटा युक्रेनी झण्डा पनि राखेका छन् ।

यु द्धको दौरान इन्टरनेट सेवाहरू अवरुद्ध हुन पुगेको युक्रेनका लागि आफ्नो स्पेस एक्स कम्पनीले डिजाइन गरेको स्टारलिन्क स्याटेलाइट इन्टरनेट एक्सेस टर्मिनल्स पठाएर सहयोग गरेका थिए । तर, मस्कले स्टारलिन्कको युक्रेनी प्रयोगकर्ताहरूलाई रुसबाट आक्र मणलगायत साइबर ह्याकिङसमेतको खतरा हुनसक्ने चेतावनी दिँदै एन्टेनादेखि टाढै बस्न सल्लाह दिएका थिए ।

यसरी युक्रेनलाई स्टारलिन्क इन्टरनेट सेवा प्रदान गरेको केही दिनपछि नै उनले युक्रेनको खुलेरै समर्थन गरेका हुन् । उनले आफ्नो स्पेस एक्सले स्टारलिन्कलाई कतैबाट हस्तक्षेप हुनबाट भने जोगाउने बताएका छन् ।

आफ्नो रकेट तथा अन्तरिक्ष प्रविधि कम्पनी स्पेस एक्समार्फत मानिसलाई मंगल ग्रह र चन्द्रमाको यात्रा गराउने मस्कको योजना हो । स्पेस एक्सले अहिलेसम्म २ हजार वटा भन्दा बढी स्टारलिन्क स्याटेलाइट प्रक्षेपण गरिसकेको छ । यसको करिब १२ हजार स्याटलाइट प्रक्षेपण गर्ने लक्ष रहेको छ ।

प्रकाशित : २०७८ फाल्गुन २३, सोमबार ०६:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ