सिरहा काँग्रेसको नेतृत्व चयन गर्न मतदान सुरु, यादवलाई कडा टक्कर दिँदै चौधरी


जयनाथ यादव, लहान । नेपाली कांग्रेस सिराहामा विवादका कारण दुई समूहले अलग–अलग अधिवेशन गरेपनि आज एकैठाउँमा निर्वाचन भइसकेको छ ।

सिरहाको गोलबजारमा आज काँग्रेसले नेतृत्व चयन गर्न निर्वाचन गराउन लागेको हो । नेतृत्व गर्न संस्थापन पक्षका रामचन्द्र यादव र संस्थापन इतर पक्षका रामसुन्दर चौधरी प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रेका छन् ।

आज विहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ । सिरहाको नेतृत्व चयन गर्न काँग्रेसका करिब २७ सय प्रतिनिधिले भाग लिनेछन् । सभापतिका उम्मेदवार यादव र चौधरीबीच कडा टक्कर रहेको नेताहरु बताउँछन् ।

चौधरीको पक्षमा कांग्रेस नेतृ एवं पूर्वकोषाध्यक्ष सीतादेवी यादव, प्रतिनिधिसभाका सदस्य पद्नारायण चौधरी, पूर्वसांसद अमियकुमार यादव, प्रदिप गिरी लगायतको समर्थन रहेको छ ।

प्रकाशित : २०७८ फाल्गुन २३, सोमबार ०७:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ