विद्यार्थीलाई जबर्जस्ती गरेको आरोपमा शिक्षक पक्राउ


रुपन्देही । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई बला त्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

मालारानी गाउँपालिकाको माविस्तरको विद्यालयमा अध्यापन गराउने ती शिक्षकले एक विद्यार्थीलाई बला त्कार गरेको जाहेरीका आधारमा २७ वर्षीय शिक्षकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानपश्चात् अर्घाखाँची जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी घटनाको अनुसन्धान थालिएका अर्घाखाँची प्रहरीका सूचना अधिकारी इन्सपेक्टर गणेश खनालले जानकारी दिए ।

शिक्षकले पढाउने बहानामा पटक-पटक ती छात्रालाई बला त्कार गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २३, सोमबार १२:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ