काँग्रेस धनुषा सभापतिमा पजियार अगाडी, हेर्नुस् ताजा अपडेट


टुडेखोज, जनकपुरधाम । नेपाली काँग्रेस धनुषा सभापतिका लागि भएको निर्वाचनमा योगेन्द्र पजियार अगाडी देखिएका छन् ।

धनुषा क्षेत्र नम्बर ४, ३ र २ को मतगणना सम्पन्न भइसकेको छ । सो तीन क्षेत्रका २१६४ मत गनणा गर्दा योगेन्द्र पजियारले ९८९ मत ल्याएर अग्र स्थानमा छन् । पजियार विमलेन्द्र निधी समूहबाट उम्मेदवार बनेका छन् ।

पजियारलाई पार्टी सभापति शेरबहादुर देउवा समूहका सभापति उम्मेदवार सन्तोष यादवले पछ्याउँदै छन् । यादव ५४० मत ल्याएको बताइएको छ । यस्तै शेखर कोइराला समूहबाट सभापतिमा उम्मेदवारी दिएका दिनेश प्रसैला पछि परेका छन् ।

उनले ५२९ मत ल्याएका छन् । यादव र प्रसैला थोरै मतले अगाडी पछाडी छन् । अहिलेसम्म १०६ मत बदर भएको छ । सभापतिमा अगाडी देखिएका पजियार समेत ५१ प्रतिशत मत ल्याउने सम्भावना न्यून छ ।

यदि कुनै सभापतिका उम्मेदवारले ५१ प्रतिशतभन्दा अधिक मत नल्याएमा पुनः मतदान हुने काँग्रेसको विधानमा प्रावधान छ । तर दोस्रो नम्बरमा रहेका उम्मेदवारले पहिलो नम्बरका उम्मेदवारलाई समर्थन गरेमा विजयी हुनेछ ।

प्रकाशित : २०७८ फाल्गुन २५, बुधबार ०६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ