सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड : सुन तोलाको १ लाख ५ हजार ५ सय पुग्यो


टुडेखोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

बुधबार तोलामा दुई हजार ५०० रुपैयाँले वृद्धि भएर सुनको मूल्य एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि, ०७७ साउन २५ गते छापावाल सुनको मूल्य तोलाको एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको थियो । बुधबार तेजाबी सुन पनि तोलाको दुई हजार ५०० रुपैयाँले बढेर एक लाख पाँच हजारमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी यसअघि ०७७ साउन २७ गते तोलाको एक हजार ४३५ रुपैयाँसम्म पुगेको थियो ।

प्रकाशित : २०७८ फाल्गुन २५, बुधबार १२:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ