चालक पक्राउ नगरेपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध


दाङ । राप्ती गाउँपालिका- १ पुल्चोक भालुवाङ बजार र पूर्व पश्चिम राजमार्ग बन्द गरिएको छ ।

मंगलवार राति पौने ९ बजे लमही नगरपालिका ३ वनगाउँमा कार र बुलेट मोटरसाइकल ठोक्किँदा राप्ती गाउँपालिका १ भालुवाङ निवासी ३५ वर्षीय मोटरसाइकल चालक नरेन्द्र जिसीको मृत्यु भएको थियो ।

फरार कार चालकलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त तथा स्थानीयले भालुवाङ बजार बन्द गराउनुको साथै राप्ती पुल र भालुवाङ-प्यूठान सडक खण्डको इच्छुक चोकमा राजमार्गसमेत बन्द गरी आन्दोलन थालेका छन् ।

फरार कार चालकलाई सम्बन्धित गाडी धनीले लुकाएर राखेको र प्रहरीले पक्राउ गर्न खासै चासो नदिएको स्थानीयले आरोप लगाएका छन् ।

लमहीदेखि भालुवाङतर्फ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको मोटरसाइकल र भालुवाङदेखि लमहीतर्फ आउँदै गरेको बा १० च २५८१ नम्बरको कार लमही नगरपालिका- ३ वनगाउँमा ठोक्किँदा मोटरसाइकल चालक जिसी गम्भीर घाइते भएका थिए ।

घाइते जिसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु थियो । उनको शव अहिले लमही अस्पतालमा राखिएको छ। यता प्रहरीले फरार चालकको खोजी कार्य तीव्र पारिएको बताएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २५, बुधबार १२:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ