Sad News: नेपालमा बस दुर्घटना, ७ जनाको मृत्यु


काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

मादी नगरपालिकाबाट दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ रामदेवी भन्ने ठाउँमा बस दुर्घटना भएको हो ।

बस दुर्घटनामा ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए । उनले भने,‘अहिलेसम्म ७ जनाकाे घटनास्थलमै मृत्यु भएकाे भन्ने खबर छ ।’

बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको बताइएको छ । दुर्घटना भएको स्थानमा सशस्त्र प्रहरी र प्रहरी पुगिसकेको छ ।

घाइतेको उद्धारको काम भइरहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । उनका अनुसार बसमा कति जना थिए भन्ने खुलिसकेको छैन ।

प्रकाशित : २०७८ फाल्गुन २६, बिहीबार १०:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ