नेपालमा अब विदेशी पर्यटकले ‘क्यूआर कोड’मार्फत् कारोबार गर्न पाउने


काठमाडौं । भिसा नेटवर्कमा जोडिएका विदेशी पर्यटकले अब नेपाल आउँदा ‘क्यूआर कोड’बाट वित्तीय कारोबार गर्न पाउने भएका छन् ।

बिहीवार काठमाडौंमा एक कार्यक्रम गरी फोन पेले ‘नयाँ क्यूआर स्ट्यान्ड’ सेवा घोषणा गरेको हो । फोन पे र भिसाको कारोबारलाई सहज बनाउनको लागि नबिल बैंकले सहकार्य गरेको छ ।

फोन पेले भिसासँग सहकार्यमा भिसा नेटवर्कका पर्यटकले पनि नेपालमा ’क्यूआर’ बाट भुक्तानी गर्न सक्ने गरी क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा पुर्याएको छ ।

फोनपेका सहायक प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भिसासँगको सहकार्यसँगै मोबाइल बैंकिङमा भिसा नेटवर्क इनेबल भएका विदेशी पर्यटकहरुले फोन पेको क्यूआर कोड मार्फत भुक्तानी सजिलै गर्न सक्ने बताए ।

उनका अनुसार विदेशीबाट नेपालमा घुम्नको लागि आउने भिसा कार्ड होल्डर पर्यटकहरुले अब फोनपेले बनाएको क्यूआरबाटै भुक्तानी गर्न सक्ने भएको छ । सापकोटाले भिसा डिजिटल मार्केटमा ख्याती प्राप्त सुक्षित ब्राण्ड भएकाले सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

क्यूआर कोडमा हुने कन्टेन्टमा भिसा नेटवर्कलाई इनेबल गरेपछि मात्रै चल्ने भएकाले अहिले भएका क्यूआर स्ट्यान्ड फेर्नुपर्ने अवस्था रहेको फोन पेले जनाएको छ । पछिल्लो समय नेपालका अधिकांश ठूला मोबाइल वालेट खल्ति, प्रभुपे, आइएमइ पे, इसेवालगायतलाई आफ्नो नेटवर्कमा भित्र्याउँदै आएको छ ।

आगामी दिनमा नेपाली बैंकहरुको आफ्नो मोबाइल बैंकिङ एपमा भिसा इनेबल गरेमा त्यसलाई पनि फोनपे नेटवर्कले सपोर्ट फोनपेले जनाएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २८, शनिबार ०७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ