खुकुरी बोकेर MCC विरुद्ध प्रदर्शन गरेपछि…


काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विभिन्न साना ६ दल निकट युवासंगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म एमसीसी सम्झौताविरुद्ध उनीहरुले खुकुरी (डेमो)सहित विरोध प्रर्दशन गरेका हुन् ।

प्रदर्शन गर्नेहरुमा युवा संगठन नेपाल, वैज्ञानिक समाजवादी युवा लिग नेपाल, अखिल नेपाल युवक संघ, वाईसीएल समाजवादी लगाएतका रहेका छन् ।

उनीहरुले मुलुकको हित विपरितको एमसीसीलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका थिए ।

प्रकाशित : २०७८ फाल्गुन २८, शनिबार २१:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ