उमेदवारले निर्वाचनमा बैंक मार्फत खर्च गर्नुपर्ने


काठमाडौं । स्थानीय तहका उमेदवारहरूले निर्वाचन खर्च बैङ्कमार्फत गर्नुपर्ने भएको छ ।

राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहितामा पच्चिस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्ने पनि उल्लेख छ ।

यस्तो छ, राजनीतिक दल तथा उमेदवारले निर्वाचन खर्च सम्बन्धी पालना गर्नुपर्ने आचरण :
(क) उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने,

(ख) उमेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्न पर्ने,
(ग) खण्ड (ख) बमोजिम तोकिएका पदाधिकारीको विवरण उमेदवारले निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने,

(घ) राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नु पर्ने,
(ङ) पच्चिस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नु पर्ने,

(च) व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाइ दिई खण्ड (क) वा (घ) बमोजिम उमेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नु पर्ने,

(छ) खण्ड (क) वा (घ) बमोजिमको खर्चको विवरण तथा बिल भरपाई राख्नु पर्ने,
(ज) आम्दानी तथा खर्चको विवरण प्रचलित कानून बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने,

(झ) आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नु पर्ने ।

प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार ०५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ