जनकपुर : गाँजा र ३२ हजार रुपैयाँसहित यादव पक्राउ


जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका ३ स्थित यदूको- जनकपुर सडक खण्डबाट लागुऔषध गाँजा र नगद रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैला नगरपालिका १३ किरतपुरका ३२ वर्षीय सन्तोष कुमार यादव रहेका छन् । प्रदेश नं. २-०२-००४ प ११४७ नम्वरको मोटरसाइकलमा गइरहेका बेला प्रहरीले चेकजाँच गर्दा गाँजा बरामद भएपछि उनलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार उनको साथबाट ९ किलो ७०० ग्राम गाँजा र ३२ हजार रुपैयाँ बरामद भएको छ । जिल्ला अदालतबाट म्याद थप गराई प्रहरीले थप अनुसन्धान तथा कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार ०९:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ