जनकपुर क्षेत्रमा आज होली : जोगिरा सररर…


धनुषा । जनकपुरधाममा आज होली मनाईदैछ । रङैरंङको पर्व फागू अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै शुक्रबार मधेसका जिल्लाहरुमा मनाइएको थियो ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट मधेसका जिल्लामा होली मनाउने चलन छ । जनकपुरधाममा भने अन्तरगृह परिक्रमाको भोली पल्ट होली खेल्ने चलन छ ।

जनकपुरधाममा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ लगाएर मनाउने चलन छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले, होली पर्व शान्ति संग मनाउन आग्रह गरेको छ । गलत गतिविधी नर्गन र कसैको हानी नोक्सानी नहुने गरी होली खेल्न समेत आग्रह गरेको छ ।

प्रकाशित : २०७८ चैत्र ५, शनिबार ०७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ