जनकपुरमा उल्लासपूर्वक मनाइयो होली, हेर्नुस् फोटोहरु


जनकपुरधाम । जनकपुरधामसहित आसपासको क्षेत्रमा शनिबार आज उल्लासपूर्वक होली मनाइएको छ।

अन्तरगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालि शनिबार होली मनाइएको हो । होलीका लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको छ ।

फाल्गुन शुक्लअष्टमीदेखि फागुन पूर्णिमासम्म मनाउने होली पर्वका धार्मिक, पौराणिक तथा वैज्ञानिक कारण रहेको जानकारहरू बताउँछन् । दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एकापसमा अवीर लगाई नरिवल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ ।

मिथिलाको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ । यसले एक अर्काबीचको सम्बन्ध बढाउने, माया साटासाट गर्ने र भातृत्व तथा सद्भाव बढाउने अवसर दिन्छ । जनकपुर होलीको फोटोहरु :

प्रकाशित : २०७८ चैत्र ५, शनिबार २०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ