नायिका वर्षाको विकिनी पोज ! यस्तो अवतारमा फ्यानहरु देख्दा…


शालिन छविकी नायिकाको रुपमा चिनिन्छिन् वर्षा शिवाकोटी । पर्दाभित्र वा बाहिर अं ग प्रदर्शन गरेर गसिपमा छाउने चेष्टा उनले विगतमा गरेकी थिइनन् ।

तर, आज फेसबुकमा सार्वजनिक गरेको तस्वीरले उनको अर्कै छवि देखिएको छ । वर्षाले समुद्री तटमा ‘टु पीस’ लगाएर पोज दिएको फोटोहरु फेसबुकमा सेयर गरेकी हुन् ।

हाल अमेरिकामा रहेकी उनले फ्लोरिडाको समुद्री तटमा रमाएका बेला आफूलाई तस्वीरमा कैद गरेकी थिइन् । हरियो विकिनीमा उनी निकै हट देखिएकी छन् । पहिलोपटक वर्षालाई यस्तो अवतारमा देख्दा उनका धेरै फ्यानहरु भने भड्किएका छन् ।

वर्षाले यसमा धेरै भद्दा प्रतिक्रियाको सामना गर्नुपरेको छ । फेसबुकमा तस्वीर राखेको एक घन्टाभित्रै एक हजारभन्दा बढी प्रतिक्रिया आइसकेका छन् । धेरैले उनलाई अं ग प्रदर्शनमार्फत चर्चाको लोभ नगर्न सुझाव दिएका छन् ।

प्रकाशित : २०७८ चैत्र ५, शनिबार २१:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ