वीरगञ्ज मेयरपछि दुई वडाध्यक्षसहित दजनौं नेता एमालेमा प्रवेश


काठमाडौं । वीरगञ्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेको केही दिनपछि थप दुई वडाका वडाध्यक्षसहित दजनौं जनप्रतिनिधि एवं नेता–कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

महानगरपालिका– २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी र वडा नम्बर २५ का वडाध्यक्ष विश्वराजप्रसाद कुर्मीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा जसपा प्रदेश सदस्य अजय साह, पर्साका जिल्ला समन्वय समितिका सदस्य अमोर यादवसँगै विभिन्न वडाका वडा सदस्यहरु रहेको एमाले पर्साले जनाएको छ ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । ओलीनिवास बालकोटमा एक कार्यक्रमबीच उनीहरु एमाले प्रवेश गरेका हुन् ।

प्रकाशित : २०७८ चैत्र ७, सोमबार १२:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ