निर्वाचनमा जसपा पनि एक्लै लड्न सक्षम : उपेन्द्र यादव


वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिले स्थानीय तहको चुनावमा जसपा एक्लै लडेकाले अगामी निर्वाचनमा पनि एक्लै लड्न सक्षम रहेको बताएका छन् ।

वीरगञ्जमा सोमबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सकेसम्म अगामी स्थानीय तह निर्वाचनमा सबै स्थानमा गठबन्धन गरेर नै चुनाव लड्नु पर्ने, त्यो सम्भव नभए जुन स्थानमा सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्ने जिकिर गरे।

‘जसपा यसअघि पनि स्थानीय चुनावमा एक्लै लडेकै थियो,अहिले पनि एक्लै चुनाव लड्न सक्षम छ’, उनले भने, ‘तर सकेसम्म गठबन्धन गरेर नै लड्दा राम्रो हुन्छ।’

आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर चुनाव नलड्ने स्थानमा कुशल तरिकाले चुनाव लड्न यादवले अन्य दलसित अनुरोध गरे। केपी ओली ब्रान्डका कम्युनिस्टहरुले राजा महेन्द्रको शासनबाट प्रभावित भएर नदीहरु को नाममा प्रदेशको नामाकरन गरिदिएको उनले बताए।

बागमती र गण्डकी जस्ता प्रदेशको नाम राखेर पहिचानलाई कांग्रेस र कम्युनिस्टहरुले मेट्ने कोसिस गरेको बेला मधेस प्रदेश नाम जसपाले राखेर पहिचानलाई स्थापित गरेको यादवले जिकिर गरे।

प्रकाशित : २०७८ चैत्र ७, सोमबार १४:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ