सिरहाका सिडिओले भने- चैत महिनाभित्र हातहतियार बुझाउनु, नबुझाए कारबाही हुन्छ


लहान । सिरहा जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र आफूसँग भएका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सोमबार सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई चैत मसान्तभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेका हुन् ।

तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीयो कवारीले सचेत गराएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखी सिरहा जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन सूचना जारी गरेको छ ।

प्रकाशित : २०७८ चैत्र ७, सोमबार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ