खेसरहिया बजारको नाम ‘श्रीराम चोक’ घोषणा, यस्तो छ कारण

गौर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले माधव नारायण नगरपालिकाको खेसरहियामा विकास भइरहेको बजारको नाम श्रीराम चोक घोषणा गरेका छन् ।
गत वर्ष ह- त्या गरिएका पुजारी श्रीराम साहको स्मृतिमा खेसरहियामा निर्मित हनुमान मन्दिर र धर्मशालाको उद्घाटन गर्दै पूर्वमन्त्री साहले सो चोकलाई श्रीराम चोक र श्रीराम बजारको रुपमा अगाडि बढिरहेको बताए ।
देवाही बागमती पुलबाट खेसरहिया हुँदै वीरेन्द्र राजमार्गमा जोडने सडक निर्माण अन्तिम चरणमा पुगेकोले शहरीकरण सम्भव रहेको पूर्वमन्त्री साहले घोषणा गरे ।
पूर्वमन्त्री साहले सो मन्दिर परिसरमा निर्माण भएका सबै संरचनाहरु आफ्नो निजी प्रयासमा कुनै सरकारी बजेटविना निर्माण गरिएको जनाउँदै मनमा दृढ संकल्प भए हरेक कुरा सम्भव रहेको उल्लेख गरे ।
पुजारीकै ह- त्या गरिएको स्थानमा उनको सालिक, हनुमान मूर्ति स्थापना हुनु र मठ निर्माण गरेर आफुले पुजारीप्रति श्रद्धा तथा श्रद्धाञ्जली अर्पण गरेको उल्लेख गर्दै सो क्षेत्रको थप विकासको लागि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे ।
पूर्वमन्त्री प्रभु साहको पहलमा पुजारीको ह- त्या गरिएको स्थानमा २ कोठे र ३ कोठे गरि २ वटा मठ र धर्मशाला भवन, पुजारीको शालिक, हनुमानको मूर्ति तथा हनुमान मन्दिर परिसरको निर्माण गरिएको हो । बिना कुनै बजेट एक करोडभन्दा बढी लागतमा सो संरचना निर्माण भएको हो ।
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- २. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- ३. गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार अलग्गिने चेतावनी
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ६. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव