जनकपुरका बालिकालाई मैथिली भाषाको पुस्तक वितरण


धनुषा । जनकपुरधाममा बालिकाहरूलाई मैथिली भाषाको पुस्तक वितरण गरिएको छ । मधेश प्रदेशको बेटी बचाउ, बेटी पढाउ अभियानअन्तर्गत पढ्ने बानी विकास गर्नका लागि पुस्तक वितरण गरिएको जनाइएको छ ।

अमेरिकास्थित गिभिङ आशा संस्थाको सहयोगमा कथालय र मिथिला फाउन्डेसनको सहकार्यमा पुस्तक वितरण गरिएको हो । ३ दखि ५ वर्ष उमेर समूहका बालिकाहरूलाई लक्षित गरी किताब वितरण गरिएको छ ।

बालिकाहरूलाई आफ्नै मातृभाषामा पढ्न सहज होस् भन्ने उदेश्यले मैथिली भाषाका किताब वितरण गरिएको कथालयले जानकारी दिएको छ ।

पहिलो चरणमा मैथिली भाषाका किताब सोनीके झोरा र समुन्द्र नामक चित्रकथा जनकपुरधामको वडा नं २ र ७ का १ हजार बालिकालाई वितरण गर्नेगरी तयारी थालिएको जनाइएको छ । दुईवटै वडामा जम्मा १ हजार बालिकालाई किताब हस्तान्तरण गरिनेछ ।

कथालय इन्क र मिथिला फाउन्डेसनको सहकार्यमा जनकपुर साहित्य महोत्सव २०७८ मा गगन थापाबाट किताब हस्तान्तरण गरिएको थियो । सामाजिक संस्था गिभिङ आशा र बेथ ब्रुस्टरको सहयोगमा पुस्तक हस्तान्तरण गरिएको छ ।

प्रकाशित : २०७८ चैत्र ७, सोमबार २१:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ