लेटाङमा कर्फ्यू जारीः थामिएन स्थानीयको आक्रोश


विराटनगर । गत शुक्रबार होलीको दिन लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेल आफ्नै विद्यार्थीको घरमा पुग्छन् । निमावि तहको सामाजिक शिक्षक सोही विद्यालयको कक्षा–६ मा अध्यननरत १२ वर्षीया बालिकाको घर पुगेर पिउनका लागि पानी माग्छन् ।

बालिका पानी लिएर आएपछि घरमा कोही पनि नभएको मौका छोप्दै यौ- न दुर्व्य’वहार गर्न थालेपछि उनी चिच्याए । त्यसपछि पौडेल भागे । आइतबार शिक्षक र बालिका विद्यालय आए । बालिकाले शिक्षकलाई देखेपछि अरु साथीलाई शिक्षक पौडेलले पीडा सुनाइन् । साथीहरुले कुरा थाहा पाएपछि सबै मिलेर प्रधानाध्यपकलाई शिक्षकविरुद्ध निवेदन दिए । निवेदन परेपछि उपमेयर, वडाध्यक्ष, अभिभावकलगायतको बैठक बसी छलफल गरिएको थियो ।

छलफलका क्रममा विवाद बढ्ने अवस्था देखिएपछि वडा नम्बर–५ वडाध्यक्ष तथा स्कुल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेको भुम सूर्य मगरले फोन गरेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेपछि आरोपितलाई संरक्षण गर्ने आशंकामा स्थानीयले पौडेललाई पक्राउ दिएनन् । आरोपितविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीले पौडेललाई विद्यालयको एउटा कोठामा सुरक्षा दिएर राखेको थियो ।

तर, विद्यार्थी र स्थानीयहरुले थप आक्रोशित हुँदै विद्यालय नै तोडफोड गर्न थालेका थिए । उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरे । विद्यार्थीले धावा बोलेपछि दिनभर शिक्षक पौडेललाई प्रहरीको घेराबन्दीमा हालेर विद्यालयभित्रै संरक्षण दिइएको थियो ।

प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा हालेर घाइते विद्यार्थी प्रहरी र शिक्षकलाई उद्धारको प्रयास गरेको थियो । तर, छिमेकी विद्यालयका विद्यार्थी र अभिभावकसमेत भेला भएर शिक्षक पौडेलविरुद्ध नाराबाजी गर्दै विद्यार्थीले एम्बुलेन्समाथि पनि ढुंगामुडा गरेपछि प्रहरीले १५ राउण्ड बढी अश्रुग्यास प्रहार गर्‍यो । साँझमा पौडेललाई प्रहरीले लिएर जान लागेपछि स्थानीयले रोक्ने क्रममा दुई पक्षीय भि- डन्त भएको थियो । अँध्यारोमा एक्कासी आएको एउटा समूहले विद्यालयको गेट नजिक पुगेका प्रहरीलाई सबैतिरबाट आक्र मण गर्न थाले ।

प्रहरीका अनुसार आक्र मण गर्न आएको ठूलो समूहले प्रहरीको सानो समूहमाथि घरेलु हति यार, ढुंगामुडा र लठ्ठीलगायतले जथाभावी आक्र मण गरे । त्यसमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भयो भने २९ जना प्रहरी घाइते भए । आक्र मणकारीतर्फ ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

घाइते प्रहरीको विराटनगरका अस्पतालमा उपचार भइरहेको छ भने आन्दोलनकारी लेटाङ ८ का २४ वर्षीय मिलन खड्काको घाँटीमुनि गो- ली लागेको छ। उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। यसअघि पनि दुई पटक किशोरीमाथि यौ न दुर्व्य’वहारको प्रयास गरेका पौडेललाई स्थानीय अभिभावक र विद्यालयको प्रशासन बसेर पुनः यस्ता घटना नदोहोर्‍याउन चेतावनी दिइएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार आइतबार लेटाङमा भएको घटनापछि सोमबार बिहानदेखि लेटाङमा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यू लागू लगाइएको छ । कर्फ्यूपछि घटनास्थलको अवस्था सामान्य रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदराज पोखरेलले बताए । उनका अनुसार अनिश्चितका लागि लगाइएको कर्फ्यू मंगलबार बैठक बसेर यसको अवधि बढाउने वा नबढाउने निर्णय गरिने छ ।

यसैबीच घटनामा संलग्न भएको आशंकामा सोमबार बिहान ८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने कर्फ्यू उल्लंघन आरोपमा १२ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले बताए । घटनामा घाइते २६ वर्षीया उर्मिला श्रेष्ठको आइतबार राति उपचार गर्न ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उनको शव कोसी अस्पतालमा पोष्टमार्टमपछि घरपरिवारलाई जिम्मा दिइएको छ ।

काे हुन् मृतक महिला प्रहरी उर्मिला श्रेष्ठ ?
खोटाङको बाह्रपोखरी–४ मा जन्मिएकी उर्मिला श्रेष्ठ २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनका बाबु कुमार र आमा सीतामाया श्रेष्ठ हुन्। उर्मिलाका श्रीमान इलाममा प्रहरी जवानमै कार्यरत छन्। दाजु भुवन श्रेष्ठ विराटनगरमै प्रहरी सहायक निरीक्षक छन्। प्रहरीको तालिमपछि उनी गणमा कार्यरत थिइन्।

उनको विवाह २०७८ वैशाख १९ गते भएको थियो। श्रीमान पनि प्रहरीमै जागिर भएकाले प्रहरी निमावलीले पनि श्रीमान श्रीमतीलाई एकै ठाउँमा राख्ने व्यवस्था गरेको छ। श्रीमान इलाममा कार्यरत भएको र आफू पनि त्यही जाने भनेर कार्यालयमा भनिरहेको तर आसन्न निर्वाचनका कारण निर्वाचनपछि मात्रै सरुवा गर्न तयारी थियो। तर, उनले श्रीमानसँगै बस्ने सपना पूरा गर्न नपाउँदै जनताको सेवामा खटिरहँदा ज्यान गुमाउनु पर्‍यो।

भीडको आक्र मणबाट बाच्न सफल उर्मिलाकी सहकर्मीका अनुसार दिनभरीको घम्साघम्सीका कारण थाकेका प्रहरीमाथि एक्कासी आ क्रमण हुँदा बच्न निक्कै मुस्किल भएको थियो । साँझ प्रहरीतर्फ भीड अघि बढेर आक्र मण गर्न थालेपछि ज्यान जोगाउन सबै तिरबितर भए । उर्मिलाको हात समातेर भीडबाट निकाल्ने प्रयास गर्दागर्दै उनलाई तानेर भीडतर्फ नै लगेर मार्यो ।
– नागरिकन्यूज

प्रकाशित : २०७८ चैत्र ७, सोमबार २२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ