मात्रिका यादव जनकपुरको कार्यक्रममा नगएपछि प्रचण्डले पोखे आक्रोश


जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेस प्रदेशमा बढेको असन्तुष्टि सतहमै देखिएको छ ।

जनकपुरधाममा आज आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा मधेसका प्रभावशाली नेता एवं स्थायी समिति सदस्य मात्रिका यादव उपस्थित भएनन् ।

नेता यादव कार्यक्रममा नआउँदा दु:ख लागेको प्रचण्डले बताए । उनले भने, ‘असन्तुष्ट रहेपनि उहाँ कार्यक्रममा आउनुपर्थ्यो । तर, आउनु भएन । यो दु:खको कुरा हो ।’

मधेस प्रदेशभित्र युद्ध लडेका र पूर्वजनमोर्चाका नेता-कार्यकर्ताबीच माओवादीमा दुई गुट छ । भूमि गत कालदेखिका माओवादीको नेतृत्व यादवले गर्दै आएका छन् । गिरिराजमणी पोखरेल र विश्वनाथ शाहले पूर्वजनमोर्चा धारको लिड गर्छन् । गुटबन्दीकै कारण माओवादी अहिलेसम्म प्रदेश कमिटी समेत बनाउन सकेका छैन ।

अध्यक्ष प्रचण्डले असन्तुष्टि र गुट-उपगुट त्यागेर स्थानीय तह निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । गठबन्धनको विषय टुंगो नलागेको र गठबन्धन नभए पनि चुनाव जित्नेगरी लाग्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

प्रकाशित : २०७८ चैत्र ८, मंगलवार १९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ