नेपाल : ३० यात्रु सवार बसमा अचानक आगो लागेपछि…


सुर्खेत । कालिकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा आगलागी भएको छ ।

शुक्रबार दिउँसो सुर्खेतको बराहताल गाउँपालिका ८ मसिना नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो ।

जिल्ला ट्रफिक कार्यालय सुर्खेतका अनुसार गुडिरहेको बसमा अचानक ब्याट्रिको तार सट भएर आगलागी भएको हो ।

बसमा सवार करिब ३० जना सबै सकुशल रहेका छन् भने बसमा क्षति समेत पुगेको छ ।

हाल दमकल आगो नियन्त्रणका लागि घटना स्थलतर्फ गइसकेको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित : २०७८ चैत्र ११, शुक्रबार १८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ