भारतीय कमेडियन राजपाल यादव सर्लाही आउँदै


सर्लाही । भारतका चर्चित हास्य कलाकार राजपाल यादव सर्लाही आउने भएका छन् ।

मलंगवामा १२ चैत (आज) गोपाल सेवा समितिको ९ औं राष्ट्रिय महाधिवेशन पारेर उनी आउन लागेका आयोजकले जानकारी दिएको छ ।

मलंगवा नगरपालिका २ स्थित कभर्ड हलमा हुन लागेको महाधिवेशनमा उनलाई प्रमुख अतिथि बनाएर ल्याउन लागिएको समितिका राष्ट्रिय अध्यक्ष कौशल यादवले जानकारी दिए ।

कौशल यादवले महाधिवेशनमा सहभागी हुन सबैलाई अनुरोध पनि गरे । जिल्लामै पहिलोपटक भारतीय फिल्म कुनै स्टार पहिलो पटक आउन लागेका उनले बताए ।

राजपाल मलंगवामा आउने भएपछि उनलाई प्रत्यक्ष रूपमा हेर्न जिल्लाबासी उत्साहित भएका कौशल यादवले बताए ।

प्रकाशित : २०७८ चैत्र १२, शनिबार ०७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ