मधेस : मोटरसाइकलबाट लड्दा महासेठको मृत्यू


जनकपुरधाम । महोत्तरीमा मोटरसाइकल आफै अनियन्त्रित भएर लड्दा एकजनाको मृत्यु भएको छ।

महोत्तरीको पिपरा गाउँपालिका ४ चाँदनी चौक नजिक जनकपुरधामबाट जलेश्वरतर्फ जाँदै गरेको प्र २–०२–००३ प ७८७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर लड्दा मोटरसाइकलका चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाका ४५ वर्षीय उपेन्द्र महासेठको मृत्यु भएको हो ।

शुक्रबार राति करिब १० बजे मोटरसाइल अनियन्त्रित भएर लड्दा मोटरसाइकल चालक महासेठको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

मोटरसाइकलबाट लडेर घाइते भएका महासेठको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा राति करिब ११ बजे मृत्यु भएको प्रवक्ता विष्टले बताए ।

प्रकाशित : २०७८ चैत्र १२, शनिबार ११:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ