महोत्तरीको टुटेश्वरनाथ वनमा लागेको डढेलो नियन्त्रणमा


जनकपुरधाम । महोत्तरीको टुटेश्वरनाथ साझेदारी वनमा लागेको आगो (डढेलो) नियन्त्रणमा आएको छ ।

वनका संयोजक श्याम किशोर चौधरी र वन कार्यालयका रेञ्जर कष्ण पटेलको नेतृत्वमा डढेलो नियन्त्रणमा लिइएको छ । वनमा डढेलो लागेपछि उनीहरुको नेतृत्वमा वनका दर्जनौं कर्मचारी नियन्त्रणमा खटेको थियो ।

उक्त वनमा शुक्रवारदेखि डढेलो लागेको थियो । वन उपभोक्ता समितिका पदाधिकारी र वन कार्यालयका कर्मचारीहरु ज्यानको बाजी लगाएर डढेलो नियन्त्रणमा लिएको बताइएको छ ।

प्रकाशित : २०७८ चैत्र १२, शनिबार १२:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ