सांसद प्रमोद साहको टाउको एमाले कार्यकर्ताले फोडेको जसपाको आरोप


काठमाडौं । जनता समाजवादी पार्टीले संघीय सांसद एवं प्रमुख सचेतक प्रमोद साहमाथि नेकपा एमालेले आ क्रमण गरेको आरोप लगाएको छ ।

शनिबार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा जसपाका प्रमुख सचेतक साहमाथि आ क्रमण भएको थियो । उक्त आ क्रमणमा साहको टाउकोमा चोट लागेर घाइत भएका छन् ।

घाइते सांसद साहलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । उनीमाथि एमालेका कार्यकर्ताहरूले आ क्रमण गरेको जसपाको आरोप छ ।

जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

पार्टी कामको सिलसिलामा गृहजिल्ला पुगेका साहमाथि सुनियोजित ढंगले आ क्रमण भएको र त्यसमा एमाले दर्जनौं कार्यकर्ता संलग्न रहेको जसपाको आरोप छ ।

प्रकाशित : २०७८ चैत्र १२, शनिबार १६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ