आईपीएल : कोलकत्ताको विजयी सुरुवात, चेन्नई ६ विकेटले पराजित


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ।

मुम्बईमा शनिबार राति सम्पन्न उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले सुखद सुरुवात गरेको हो ।

वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताको जितमा अजिन्का रहाणेले ४४ रन जोडे भने साम विलिङसले २५ रन जोड्दा बनाए । कप्तान श्रेयस एय्यर २० रनमा अविजित रहे ।

चेन्नईका ड्वाने ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

चेन्नईका लागि महेन्द्र सिंह धोनीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै रोबिन उथप्पाले २८ तथा कप्तान रविन्द्र जडेजाले अविजित २६ रन बनाए । अम्बाती रायडु १५ रनमा आउट भए ।

कोलकत्ताका उमेश यादवले २ तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले १र१ विकेट लिए । जितसँगै कोलकत्ताले पहिलो खेलमा २ अंक जोडेको छ ।

प्रकाशित : २०७८ चैत्र १३, आईतवार ०६:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ